अमेरिकाद्वारा इराकमा हवाई आक्रमण शुरु -
Admin
नेपाल ब्युरो –भदौ ३१,काठमाडौ ।
अमेरिकाले इराकमा हवाई आक्रमण सुरु गरेको छ ।
इस्लामिक स्टेट आइएस विद्रोहीविरुद्ध लड्ने नयाँ रणनीतिअनुरुप इराकमा सरकारी फौजसँग मिलेर अमेरिकाले हवाई आक्रमण शुरु गरेको हो ।
इराकको माउण्ट सिन्जार र दक्षिण–पश्चिमी बगदादमा इस्लामिक स्टेट विद्रोही लडाकुहरुविरुद्ध आईतबारबाट आक्रमण सुरु गरिएको अमेरिकी सेनालाई उदृत गर्दै विविसिले जनाएको छ ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले गतसाता सार्वजनिक गरेको बृहत योजना अन्तर्गत पहिलोपटक पछिल्लो आक्रमण गरिएको बताईएको छ ।
मानवीय सहायता कार्यक्रमलाई सघाउन र अमेरिकीहरुलाई पनि सुरक्षा गर्ने उद्देश्यका साथ लक्षित हवाई आक्रमण गर्ने ओबामाले घोषणा गरेका थिए ।
प्रकाशित मिति: 2014-09-16 03:33:49
प्रतिक्रिया: