कुराकानी

एमाले पुरानै ढर्रामा,७२ जिल्ला बनाउनु पर्ने प्रस्ताव - जातीय आधारमा प्रदेश निर्माण असान्दर्भिक भएको ठहर

Admin


एमालेले काठमाडौं उपत्यकाका तीन जिल्लालाई एउटै महानगरका रूपमा विकास गरी देशलाई ७२ जिल्लामा विभाजन गर्नुपर्ने धारणा अघि सारेको छ। पार्टीको स्थानीय विकास तथा भौतिक संरचना विभागले तयार पारेको अध्ययन प्रतिवेदनमा देश संघीय ढाँचामा पुनर्संरचना भएपछि तीन सय ३२ नगर र ६ सय ४४ गाउँपालिका बनाएर स्थानीय तह निर्माण गर्न सिफारिस गरिएको  आजको अन्नपूर्ण पोष्टमा माधव ढुङ्गेलले समाचार लेख्नु भएको छ ।

एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्ला मिलाएर महानगरका रूपमा विकास गर्न सिफारिस गरेको हो। अवधारणाअनुसार राजधानी महानगर (मेट्रोपोलिटन सिटी) मा काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिकासहित २० नगरपालिका र सातवटा गाउँपालिका रहनेछन्। राजधानीमा अन्यत्रजस्तो जिल्ला समन्वय परिषद् नरहने तर थप प्रादेशिक अधिकारको समेत व्यवस्था गर्ने एमाले प्रस्ताव छ।

एमालेले स्थानीय सरकारको वर्गीकरण पाँच प्रकारबाट गर्न पनि प्रस्ताव गरेको छ। स्थानीय तहमा ग्रामीण भेगमा गाउँपालिका बनाइनेछन्। जसको आकार सरदर हाल कायम करिब चार गाविसबराबर एक गाउँपालिका बनाइनेछ। नगरोन्मुख क्षेत्रका गाविस समेटेर उपनगरपालिका बनाएर विकास गरिनेछ भने साना सहरमा नगरपालिका, त्योभन्दा ठूला हालका नगरपालिकालाई उपमहानगरपालिका रूपमा विकास गर्न प्रस्ताव गरिएको छ। विराटनगर र पोखरा उपमहानगरपालिकालाई महानगरपालिका बनाउने एमाले प्रस्ताव छ।

गाउँपालिका ६६४ 

उपनगरपालिका ८५

नगरपालिका २१७

उपमहानगरपालिका १७

महानगरपालिका ३

जिल्‍ला ७२

राजधानी मेट्रो सिटी
प्रस्तावमा काठमाडौं जिल्लामा एक महानगर र १० वटा नगरपालिका बनाइने उल्लेख छ। हालको काठमाडौं महानगर र कीर्तिपुर नगरबाहेक नयाँ नौवटा नगर बन्नेछन्। भक्तपुर पनि गाउँपालिकाविहीन हुनेछ। एमाले प्रस्तावमा भक्तपुर र मध्यपुर नगरपालिकाबाहेक थप चार नगरपालिका हुनेछन्।

ललितपुरमा भने एक उपमहानगरसहित पाँच नगर र दक्षिणी पहाड क्षेत्रका १८ गाविस समेटेर सात गाउँपालिका बनाउने प्रस्ताव छ। यी सबै मिलाएर 'मेट्रोपोलिटन सिटी' का रूपमा विकास गरिने प्रतिवेदनमा उल्लेख छ।

एमालेका तत्कालीन केन्द्रीय सदस्य नेत्रप्रसाद पन्थी प्रमुख रहेको स्थानीय विकास तथा भौतिक संरचना विभागले सम्बन्धित विषयका विज्ञहरूको सहयोगमा चार महिनाअघि तयार पारेको प्रतिवेदनमा पूर्वाञ्चलका झापा र सुनसरीमा दुईदुईवटा उपमहानगरपालिका बनाउन सिफारिस गरिएको छ। झापामा धुलाबारी र गौरादह केन्द्र हुने गरी मेचीनगर र दमक उपमहानगर बनाउने प्रस्ताव छ। सुनसरीमा धरान र इटहरीलाई उपमहानगर तथा अरू सातवटा नगरपालिका बनाउनुपर्ने प्रस्ताव छ।

कास्कीमा पोखरा महानगर र लेखनाथलाई उपमहानगरका रूपमा विकास गर्नुपर्ने प्रस्ताव छ। रूपन्देहीमा पनि बुटवल र भैरहवा केन्द्र हुने गरी दुई उपमहानगरपालिका बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। काभ्रेका बनेपा, पनौती, धुलिखेलसहित आसपासका १३ गाविस गाभेर काभ्रे उपमहानगर बनाउने प्रस्ताव छ। त्यस्तै जनकपुर, नेपालगन्ज, धनगढी र महेन्द्रनगरलाई पनि उपमहानगरपालिका बनाउनुपर्ने प्रस्ताव गरिएको छ।

यसअघि ५८ नगरपालिका, चार उपमहानगरपालिका र एक महानगरपालिका छन्। सरकारले गत वैशाख २५ गते १९ जिल्लाका ७२ नयाँ नगरपालिका घोषणा गरेको थियो। नवघोषित नगरपालिकामा थप दुई सय ८३ गाभिने भएपछि गाविसको संख्या तीन हजार ६ सय ३३ हुनेछ।

एमालेले सडक यातायात र सञ्चार क्षेत्रमा भएको विकास समेटेर सिंगो देशलाई तीन महानगर, १७ उपमहानगर, दुई सय १७ नगर र ९५ उपनगर बनाउन प्रस्ताव गरेको हो। बाँकी गाविस समेटेर ६ सय ४४ मात्र गाउँपालिका बनाउनुपर्ने एमाले निष्कर्ष छ।

एमालेले स्थानीय तहको पुनर्संरचना गर्दा पनि पहिलो संविधानसभाले अपनाएका पहिचानका पाँच र सामथ्र्यका चार आधारलाई लिएको छ। पहिचानका पाँच आधारमा जातीय, भाषिक, सांस्कृतिक, एेतिहासिक र भौगोलिक निरन्तरता हुन् भने सामथ्र्यका चार आधारमा आर्थिक अन्तरसम्बन्ध र सामथ्र्य, प्राकृतिक साधन र स्रोतको उपलब्धता, प्रशासनिक सुगमता, पूर्वाधार विकासको अवस्था र सम्भावना हुन्।

राष्ट्रिय जनगणना, २०६८ अनुसार १० वटा धर्मावलम्बीको बसोबास रहेको नेपालमा एक सय २५ जाति र एक सय २५ मातृभाषी छन्। एक प्रतिशतभन्दा बढी जनसंख्या भएका १८ जाति मात्र छन्। सबैभन्दा बढी जनसंख्या हुने जाति क्षेत्री (१६.६ प्रतिशत) हो भने सबैभन्दा कम कोइरी (१.१५ प्रतिशत) हो।

जातीय आधारमा प्रदेश निर्माण गर्नुपर्ने माग असान्दर्भिक भएको ठहर गर्दै स्थानीय तहको पुनर्संरचना गरी जातीय मुद्दा सम्बोधन गर्न सकिने एमालेको ठहर छ। 'माओवादीले अघि सारेजस्तो जातीय राज्य पनि चाहिँदैन, विशेष संरचना र संरक्षित क्षेत्रको पनि आवश्यकता छैन', एमाले स्थानीय निकाय तथा भौतिक संरचना विभागका निवर्तमान प्रमुख पन्थीले भने, 'पहिचान र सामथ्र्यकै आधारमा स्थानीय सरकार सबल र सक्षम बनाउने हो भने सबै सम्बोधन हुन्छ।'

प्रकाशित मिति: 2014-07-28 01:17:12
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing