कुराकानी

संघीयताको सवालमा 'अतिवादी विचार' ले संविधान निर्माणमा असर गर्ने ठहर -

Admin


काठमाडौं, श्रावण २३ - एमाओवादीले संघीयताका विषयमा 'अतिवादी विचार' ले संविधान निर्माणमा असर गर्ने बताएको छ । संघीयताबारे आधिकारिक धारणा बनाउन तयार पारेको दस्तावेजमा अतिवादी विचारको बिरोध गरेको छ । एमाओवादीले पहिचानसहितको संघीयतामा अडान राख्दै आए पनि यसबारे अतिवादी विचारले संविधान निर्माण धरापमा पर्ने बताएको छ । जातीय, क्षेत्रीय मोर्चा प्रमुख गोपाल किराँतीले तयार पारेको दस्तावेजमा संविधान र शान्ति प्रक्रिया निश्कर्षमा पुर्‍याउन पहिचान र अधिकारलाई अस्वीकार गर्ने, जाती, समुदाय र क्षेत्रलाई मात्र केन्द्रमा बनाउने दुबै विचार गलत भएको निश्कर्ष निकालिएको छ ।

'उत्पीडित आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित र महिलाको नामै सुन्न नसक्ने, उनीहरुको पहिचान र अधिकारको न्यायापूर्ण आन्दोलनमाथि धावा बोल्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रको सारतत्वको विरोध गरेर एकात्मक हिन्दू राज्य फर्काउने चरम अहिष्णु र घोर प्रतिगामी राष्ट्रिय अतिवाद हो,' केन्द्रीय सस्यलाई अध्ययनका लागि दिएको दस्तावेमा उल्लेख छ, 'समग्र संघीय गणतन्त्रको ख्यालै नगरी केवल आफ्नो जाति समुदाय र क्षेत्रलाई केन्द्र बनाउने -एक मधेश एक प्रदेश, नौ जिल्लाको लिम्बुमान, सुनकोशी मेची जोड्ने, अखण्ड ताम्सालिङ, अखण्ड सूदूपश्चिम आदि) नारा लिएर जनताको विरुद्ध जनता भिडाउने साम्प्रदायिक भिडन्तको डढेलो सल्काउने खराब तत्वको मातियार बन्ने, सहमतिद्वारा राज्यको संघीय पुनर्सरचना गर्नुपर्ने वस्तुगत यथार्थलाई नजरअन्दाज गर्ने, विगत शासक जातिले जसरी पनि एक जातीय हैकम थोपरेजस्तै एक जातीय हैकम दोहोर्‍याउन खोज्ने स्थानीइ जातीय अतिवाद हो ।' दस्तावेदमा दुबै अतिवादबिरुद्ध संघर्ष गर्ने उल्लेख छ ।


एमाओवादीले एकल पहिचानको बिगतको नारा फलदायी नभएको निश्कर्ष निकाल्दै बहुपहिचानसहितको संघीयतामा जाने महसुस गरिसकेको अवस्थामा आगामी दिनमा संघीयताबारे दुई अतिवाद छोड्ने स्पष्ट संकेत दिएको छ । 'सबै जाति समुदायको साझा नयाँ नेपालको विचारले राष्ट्रिय अहंकारवादलाई ध्वस्त बनाउने र नयाँ नेपालभित्र आफ्नो जाति पहिचान र अधिकार स्थापित गर्दै अघि बढ्ने विचारले स्थानीय जातीय अहंकारवादलाई तह लागाउने ऐतिहासिक दापित्यव क्रान्तिकारीहरुको हुनुपर्दछ' एमाओवादीले भनेको छ, 'अतः जातीय-क्षेत्रीय उत्पीडतको अन्त्यका लागि समानुपातिक समावेशी लोकतन्त्र एबं पहिचानसहितको संघीय प्रणाली सर्वहारा क्रान्तिको एक अभिन्न र महत्वपूर्ण कार्यभार रहेको तथ्यमाथि आम स्पष्टता र बुझाइमा एकरुपताको गंभीर खाचो मात्र हो ।'

एमाओवादीले संघीयताबारे भदौका दोस्रो साता गर्ने बहद् कार्यशालामा यो दस्ताबेजमा ब्यापक छलफल हुने छ । दस्ताबेजमा संघीयता कार्यान्वयनका आधार समेत उल्लेख गरिएको छ । 'नेपालमा पहिचान सहितको संघीयता कार्यान्वयनको प्राथमिक आधार यहाको इतिहास, संस्कृति र समाजिक संरचनानै हो । संघीयतको अभावमा यहाका सबै फूल समान रुपमा फुल्न र फल्न पाइरहेका छैनन्' दस्ताबेज भन्छ, 'त्यसैले संघीयता कार्यान्वयनबाट मात्र यी फूलहरु फुल्न फल्न सामथ्र्यवान हुनेछन् ।'

एमाओवादीको संघीयताबारेको धारणामा बिगतमा भ्रम सृजना भएकाले स्पष्ट गर्ने प्रयास गरेको छ । 'पहिचान सहितको संघीयतालाई विखण्डन ल्याउने, सद्भाव विथोल्ने र अमुक जातिलाई लखेट्ने प्रतिक्रियावादीहरुको हौवा भ्रम छर्ने र सखाप पार्ने षड्यन्त्रकारी नीति अन्तर्गत पर्दछ' किरोतीले तयार पारेको दस्ताबेज भन्छ, 'कथित एकल जातीय र बहुल जातीय विवाद माओवादीको नीतिमा पर्दैन र यो सरोकारको बिषय होइन । एम्ाओवादी पहिचानको पाँच र सामथ्र्यको चार आधारमा संघीय पुनसंरचना गर्ने नीतिमा दृढ स्पष्ट छ ।'

एमाओवादी २०६९ जेठ २  गते प्रमुख दलहरुबीच भएको 'बहुपहिचानको संघीयता' लाई आधार मानेर छलफल गर्न सकिने बिन्दुमा पुगेको छ । उसले आफूले कहिलै पनि जातीय पहिचानको कुरा नगरेको दाबी गर्दै ऐतिहासिक पृष्ठभूमि, बिभिन्न जातजातिको संस्कृति, ऐतिहासिक स्थल र भौगोलिक आधारमा पहिचानका आधारमा संघीयता जान सकिने निश्कर्षमा पुगिसकेको छ । तर उसले राज्य पुनर्सरचना समिति र उच्च स्तरीय आयोगको प्रतिवेदनलाई पनि आधार बन्ने निर्णय यसअघि गरिसकेको छ ।

एमाओवादीले पहिचानसहितको संघीयताका लागि भन्दै मधेशी र जनजाति दलहरुसंग मोर्चाबन्दी गरिसकेको छ । यो मोर्चाले पहिचानसहितको संघीयतासहितको संविधानका लागि दबाव दिने यसको उद्देश्य छ ।
प्रकाशित मिति: 2014-08-07 22:19:21
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing