ग्राउण्डेड भएको जहाजले भोलिबाट नियमित उडान सुरु गर्ने
Admin
नेपाल ब्युरो–असार २९,काठमाडौँ ।
नेपाल वायुसेवा निगमको जहाजले भोलिबाट पुन नयाँ जहाज एमए ६० को नियमित उडान सुरु गर्ने भएको छ ।
चरा ठोक्किएर नियमित उडान रोकिएको उक्त जहाजको पुन उडान सुरु हुन लागेको हो ।
विराटनगर विमानस्थलको धावन मार्गमा गत असार १६ गते ग्राउन्टेड भएको नयाँ जहाज एमए ६० ले भोलिबाट नियमित उडान सुरु गर्ने भएको हो ।
गत असार ११ गतेदेखि व्यवसायिक उडान शुरु गरेको उक्त जहाज विराटनगर विमानस्थलको धावन मार्गमा चरासँग ठोक्किदा ग्राउन्टेड भएको थियो ।
चार चिनियाँ र तीन नेपाली गरी सात सदस्यीय प्राविधिक टोली मिली हिजो ६ घण्टा लगाएर विमानमा नयाँ ब्लेड जडान गरेका हुन् ।
प्रकाशित मिति: 2014-07-13 05:30:48
प्रतिक्रिया: