प्रधानमन्त्री कोइराला राष्ट्र सङ्घको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दै
Admin
नेपाल ब्युरो–असोज ३, काठमाडौ
प्रधानमन्त्री सुशील कोइराला आज न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ ।
उहाँ संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा भाग लिन आज न्यूयोर्क प्रस्थान गर्न लाग्नुभएको भएको हो ।
प्रधानमन्त्री कोइरालाले महासभालाई असोज १० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, कायम मुकायम परराष्ट्र सचिव शङकरदास वैरागी लगायत २१ जना सदस्य हुनुहुन्छ ।
न्यूयोर्क जाने क्रममा प्रधानमन्त्री कोइरालाले यूएईको आबुधाबीमा असोज ४ गते मध्यपूर्व पश्चिम एसिया र उत्तर अफ्रिकाका नियोगमा कार्यरत नेपाली कूटनीतिज्ञसँग नेपाली कामदारको समस्या समाधानका विषयमा जानकारी लिने कार्यक्रम छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री कोइरालाले असोज ७ गते जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङघका महासचिव वान कि मुनले आयोजना गर्ने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
कोइरालाले राष्ट्र संघका महासचिव मुनसँग असोज ११ गते विशेष भेटवार्ता गर्ने कार्यक्रम छ ।
सोही दिन न्यूयोर्कमा नेपाली समुदायले आयोजना गरेको अन्तक्रियामा पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम तय गरिएको छ ।
महासभासम्बन्धी कार्यक्रम सकेर स्वदेश र्फकने क्रममा न्युयोर्कबाट बेल्जियमको ब्रसेल्स समेत जाने कार्यक्रम छ ।
प्रकाशित मिति: 2014-09-19 02:51:35
प्रतिक्रिया: