काठमाडौ, कार्तिक २७ - सिन्धुली सडक मार्ग
२०१५ को मार्च महिना भित्रमा पूरा गर्ने जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका)
उपाध्यक्ष तोसियुकी कुरोयानागीले बताएका छन् । नेपाल भ्रमणमा रहेका बुधबार आयोजित पत्रकारसम्मेलनमा
उनले भने,'सिन्धुली सडक मार्ग निर्माणमा नेपाल र जापानका
इन्जिनियरहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । पूर्ण रूपमा यो प्रोजेक्ट धुलिखेलदेखि
बर्दिबाससम्मको सडक मार्गको २०१५ को मेमा उद्घाटन गर्ने लक्ष्य रहेको छ ।'
सन् १९८८ मा अध्ययन गरि १९९६ को नोभेम्बर
कार्य थालिएको सो सडक मार्गले त्यस क्षेत्रका जनताको सामाजिक र आर्थिक क्षेत्रमा सहयोग
पुग्ने उनले बताए । नेपालको विकासमा पछिल्ला ४० वर्षमा जाइकाले महत्वपूर्ण भूमिका खेलेको
उल्लेख गर्दै उपाध्यक्ष तोसियुकीले भने, 'काठमाडौंको
सितापाइलादेखि धार्दिङको नौबिसेसम्मको सडक निर्माणका लागि पनि कुरा अघि बढेको छ । तर
अहिले नै टुंगो लागेको छैन ।'
जाइका नेपाल यातायात हेर्ने केन्तारो कुइकानेले
निकट भविस्यमा नागढुंगा सुरूङ र सूर्यविनायक-धुलिखेल सडक निर्माणका बारेमा ऋण र सहयोग
मिलाएर सहयोग गर्ने योजना रहेको बताए । यस्तै, जाइकाले
काठमाडौै उपत्यकाको शहरी सवारीसाधनको स्तरमा बृद्धि गर्नका लागि सहयोग गर्ने बताएको
छ । उनका अनुसार त्यो गुरू योजना ५ देखि १५ वर्षसम्म स्थापित हुने छ । हालका लागि भने
अध्ययन गर्ने जाइकाको लक्ष्य छ । साथै, सामुदायिक
पहुँच सुधार योजना अन्तरगत सिन्धुली र यहि वरपरका ५ जिल्लामा ३२ सामुदायिक पुल बनाउने
जाइकाको लक्ष्य छ । त्यो समय अवधि २०१० डिसेम्बरदेखि २०१५ को डिसेम्बरसम्म रहेको छ
।
जाइकाले अहिलेसम्म नेपालमा सन् १९९४ यता
विद्यालय निर्माणका लागि सहयोग गर्दै आएको उल्लेख गर्दै शिक्षा सल्लाहाकार यासुमासा
नगओकाले भने,'हामीले अहिलेसम्म ९५३२ कक्षा कोठा, १८ सय ७३, शौचालय, १०४६ पानी वितरण केन्द्र, १ सय
१५ पानी संचय गर्ने केन्द्र बनाएका छौं ।' जाइकाले
नर्माणपछि समुदायलाई नै त्यसको सञ्चालन जिम्मेवारी सुम्पिएको र त्यसको हेरचाह स्थानिय
सरकारले गर्ने उनले बताए ।
जाइकाले नेपालमा तीन पक्ष -आवश्यक क्षेत्रमा
सहयोग, विकासका विषय र जाइकाको सहयोग कार्यक्रमका
आधारमा काम गर्दै आइरहेको छ । आवश्यक क्षेत्रमा सहयोग तीन, विकासका विषयमा ६ र सहयोग कार्यक्रममा ९
तरिकाले जाइकाले काम गरिरहेको छ ।