Model

श्यमार्पाको कुदुङ(शब) नेपाल ल्याउन नदिईने

Admin


सरकारले सुरक्षाको कारण देखाउँदै १४ औं श्यामार्पा रिन्पोछेको कुदुङ (शब) अन्तिम समाधिको लागि ल्याउन दिन नसकिने निर्णय बिहीबार गरेको छ।

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले राष्ट्रपति डा. रामवरण यादवलाई यस सम्बन्धी निर्णयको जानकारी पनि बिहीबारै दिइसकेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार, श्यामार्पा रिन्पोछेको कुदुङ काठमाडौं ल्याउन दिँदा ठूलो संख्यामा अनुयायीहरू सहभागी हुने भएकोले सुरक्षाका समस्या हुन सक्ने जानकारी गराएका थिए।

यहिँ मौका पारेर स्वतन्त्र तिब्बत गतिविधिमा संलग्न हुने दलाई लामाका अनुयायीहरूले समेत घुसपैठ गरी कुनै गतिविधि गरेमा त्यसले देशलाई ठूलो क्षति हुन सक्ने पनि गौतमले बताएका थिए। यसरी अनुमति दिनु सुरक्षा व्यवस्थाकै निम्ति संवेदनशील हुने भएकोले पनि अनुमति दिन नसकिने निर्णय सरकारले गरेको गृह स्रोतले बतायो।

स्रोतका अनुसार, श्यामार्पा रिन्पोछेको पार्थिव शरीर नेपाल ल्याउन दिँदा आउन सक्ने सुरक्षा हाँकका बारेमा समीक्षा गरेर ल्याउन नसकिने निर्णय गरिएको हो। उक्त निर्णयबारे जानकारी गराउन गौतम राष्ट्रपति निवास गएका हुन्।

 सभासद र स्थानीय समुदायका व्यक्तिहरूसँगको भेटमा राष्ट्रपतिले सरकारलाई श्यामार्पाको शब ल्याउन दिन पत्र लेख्ने आवश्वास समेत दिएका थिए। सन् २०११ मा राष्ट्रपतिले उनीसँगै विश्व शान्ति महोत्सव मान्लाम छेन्मोको उद्घाटन समेत गरेका काठमाडौंको उत्तरी क्षेत्र रानीबनको काखमा श्यामार्पाले खोलेको श्यार् मिन्हुन इन्स्टिच्युटमा अन्तिम समाधिमा राख्न उनको पार्थिव शरीर ल्याउने अनुमति सरकारसँग माग गरेका थिए। विदेशी नागरिकलाई अन्तिम संस्कारका निम्ति नेपाल ल्याउन दिने नियम नभएको भन्दै यसअघि अनुमति दिन सरकारले अस्वीकार गरेको थियो।


सरकारको यो निर्णयमा पुनर्विचार गर्न भूटानी प्रधानमन्त्री छिरिङ टोप्गेले कार्यवाहक प्रधानमन्त्री गौतमलाई पत्रसमेत पठाएका थिए। श्यामार्पाको शब भूटानी राजदबारमा अन्तिम दर्शनपछि नेपाल ल्याउने तयारी थियो। श्यामार्पा रिन्पोछेको जर्मनीमा रहेको उनको संस्था वोधीपथ कर्ग्यु केन्द्र रिन्छेन उलमा जेठ २८ गते हृदयघातबाट निधन भएको थियो। त्यसपछि अन्तिम दर्शनका निम्ति भारत हुँदै उनको शब असार २९ गते काठमाडौं ल्याएर साउन १५ गते अन्तिम समाधिको तयारी अनुयायीहरूले गरेका थिए।

बौद्ध धर्मावलम्बीहरूले उनलाई अमिताभ बुद्धको अवतारसमेत मान्दै आएका छन्। उनी हिमाली तथा तिब्बती बौद्ध परम्पराको कर्म कर्ग्युपा सम्प्रदायका १४ औं श्यामार्पा रिन्पोछे हुन्। यसअघि उनको आठौ अवतार हेलम्बुमा भएको विश्वास छ।

प्रकाशित मिति: 2014-07-17 19:40:08
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing