इजमिर औद्योगिक मेला टर्कीमा हुने
Admin
नेपाल ब्युरो– भदौ १२, काठमाडौ ।८३ औं इजमिर औद्योगिक मेला भोलि देखि टर्कीमा हुने भएको छ ।
उक्त मेला २१ गतेसम्म टर्कीमा आयोजना हुने भएको छ ।
मेलामा हुन लागेको एक्स्पोमा सहभागि हुन उद्योेग मन्त्री कर्णबहादुर थापा आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । टर्कीका उद्योगमन्त्री फिक्री इसिकको औपचारिक निमन्त्रणामा सो प्रदर्शनीमा भाग लिन जान लागेको जानकारी दिँदै मन्त्री थापाले विश्वका प्रतिष्ठित उद्योगहरुले भाग लिने प्रदर्शनीमा विभिन्न देशका उद्योग मन्त्रीको सहभागिता रहने बताउनुभयो ।
प्रदर्शनीमा भाग लिइसकेपछि त्यहाँका मन्त्री इसिकसँग द्वीपक्षीय वार्ता हुने, द्वीपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (विप्पा)का विषयमा पनि छलफल हुने बताइएको छ । मन्त्री थापा कार्यक्रम सकिने अघिल्लो दिन अर्थात भदौ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति: 2014-08-28 02:23:42
प्रतिक्रिया: