एनपीएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज २ खेल हुँदै
Admin
नेपाल ब्युरो –जेठ २, काठमाडौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज २ खेल हुँदैछन् ।
महेन्द्रनगरमा पञ्चकन्या तेज र जगदम्बा जाएन्ट्स र धनगढीमा कलर्स एक्स फ्याक्टर्स र कान्तिपुर गोर्खाबीच खेल हुने आयोजकले जनाएको छ । महेन्द्रनगरमा हिजो भएको खेलमा विशाल वारियर्सले कलर्स एक्सफ्याक्टरलाई ५ विकेटले पराजित गरेको थियो ।
१ सय ८१ रनको विजय लक्ष्य पाएको विशालले ४८ दशमलव १ ओभरमा विजयी लक्ष्य पुरा गर्यो। धनगढीमा हिजै भएको खेलमा सगरमाथालाई जगदम्बाले ५१ रनले पराजित गरेको छ । जगदम्बाले दिएको २ सय १४ रनको लक्ष्यलाई पछ्याउने क्रममा लक्ष्यसम्म पुग्न ५१ रन बाँकी छँदै सगरमाथाले सबै विकेट गुमाउनुपर्यो ।
प्रकाशित मिति: 2014-05-16 04:45:08
प्रतिक्रिया: