अबरुद्ध हुँदै आएको संसदको बैठक आज पनि जारी
Admin
नेपाल ब्युरो– भदौ २७, काठमाडौ ।
विपक्षी दलहरुको अवरोधका कारण पटक पटक अबरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज पनि जारी रहने भएको छ ।
आपराह्न ३ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्ने तय भएको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । बैठकको समय र मिति तय भएपनि एकीकृत माओवादीलगायत विपक्षी दलहरुको अवरोधका कारण बैठक लगातार अवरुद्ध भइरहेको छ ।
हिजो पनि व्यवस्थापिका संसदको बैठक पाँचौं पटक अवरुद्ध भएको थियो । बैठक सुरु भएपछि विपक्षि दलहरुले सहमति र बजेटबारे गरिएको प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै सदन अवरोध जारी राख्ने बताएका हुन् । विपक्षी दलका सभासदहरुले उठेर विरोध जनाएउन थालेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको हो ।
प्रकाशित मिति: 2014-09-12 02:31:40
प्रतिक्रिया: