मृगौला रोगी मिना तामाङको सहयोगार्थ नागोयामा देउसी भैलो सांझ कार्यक्रम हुने भएको छ।जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजरको आयोजनामा २५ अक्टोवरमा माछापुच्छ्रे रेस्टुरेन्टमा कार्यक्रम हुने लागेको हो।
कार्यक्रममा स्थानिय कलाकार कर्म दोङ तामाङ
, राजीब
लामा लगायतको साथमा डिजे सुसाङ र रेशमको प्रस्तुति रहने छ ।
अन लिमीटेड खाना र पिउने ब्यबस्था रहेको
उक्त कार्यक्रमको टीकट पुरूषको लागि ४५०० एन र महिलाको लागि ३५०० एन रहेको छ।
बिद्यार्थीको लागि केही छुटको ब्यबस्था गरिएको पनि जनाएको छ।
तिहारको अवसरमा मनोरञ्जन लिदैं मृगौला रोगीलाई सहयोग गर्न आयोजकले अनुरोध गरेको छ।