टोक्यो, जापान ।
जापानका रहेका नेपालीहरुले एक बिरामीलाई आर्थिक
सहयोग गरेका छन् ।नेपाली साझा समाज जापानले गोरखा सौरपानी–२ की कृपा पनेरुलाई ७७ हजार जापानी येन सहयोग
गरेका छन् ।
पनेरुको विगत दुई महिनादेखि काठमाडौको अन्नपूर्ण
न्यूरो अस्पतालमा उपचार भइरहेको छ । पनेरुको उपचारमा आर्थिक संकट परेकाले जापानमा रहेका
नेपालीले सो रकम जुटाएका हुन् ।
समाजले चाँडै नै एक कार्यक्रम मार्फत सो रकम
हस्तान्तरण गरिने समाजले जनाएको छ ।
समाजले यसअघि पनि नेपालमा सहयोग गर्दै आएको
समाजका कोषाध्यक्ष महेश्वर रिसालले जनाएका छन् ।