एनआरएन जापानले संघ संस्थाहरुको विवरण संकलन गर्ने।
Admin
३० मे, टोक्यो । एनआरएन जापानले जापानमा खोलिएका संघ संस्थाहरुको विवरण संकलन गर्ने भएको छ । जापानमा संघ संस्थाहरु खोलिने क्रम बढ्दै गएकोले सबै संस्थाहरु संग सम्पर्क राख्न सहज होस् भन्ने उधेश्यले सबै क्षेत्रका संघ संस्थाहरुको विवरण संकलन गर्न लगिएको जनाइएको छ । यस कार्यमा सबै संघ/संस्थाहरुको सहयोगको अपेक्षा सहित आ-आफ्नो सस्थाको विवरण उपलब्ध गरार्इ सहयोग गरिदिनु हुन एनआरएन जापानले सबैमा अपिल गरेको छ ।
एन आर एन जापानका अध्यक्ष पारसमणि पोखरेलद्वारा जारी गरिएको अपीलमा भनिएको छ -” जापानमा भैपरी आउने सामाजिक सहयोगका लागि सबै संघ सस्था हरु संग यथाशिघ्र चाडै सम्पर्क राख्न सकियोस भन्ने उधेश्यले जापान भरिका सबै क्षेत्रमा सामाजिक कार्यका लागि खोलिएका संघ संस्थाहरुलाई आफ्नो विवरण पठाई सहयोग गरिदिन सम्बन्धित सस्थाका पदाधिकारी ज्यूहरुलाई हार्दिक अपिल गर्दछु ।”
संघ संस्थाहरुको विवरण संकलनको लागि यसै समाचारमा संलग्न गरिएको फारमलाइ प्रिन्ट गरि फारममा उल्लेख गरिएको ठेगानामा हुलाकबाट वा फ्याक्स मार्फत पठाउन अनुरोध गरिएको छ ।
नमुना फारम
प्रकाशित मिति: 2014-05-30 02:06:30
प्रतिक्रिया: