बरिष्ठ पत्रकार चुनबहादुर गुरुङको उपचारकालागि जापानबाट आर्थिक सहयोग।
मितेरीजापान डट कम
टोकियो,जापान।
मृर्गौला रोगले पीडित बरिष्ठ पत्रकार चुनबहादुर गुरुङको स्वास्थ्योपचारका लागि जापानमा आर्थिक सहयोग संकलन गरिएको छ। । तमुधिं जापानको पहल तथा शर्मिला गुरुङको संयोजकत्वमा आयोजना गरेको गुरुङ चलचित्र ‘भ्रे’ को प्रदर्शनीको क्रममा मृगौला रोग पीडित बरिष्ठ पत्रकार गुरुङलाई आर्थिक सहयोग संकलन गरिएको हो ।
उपचार लागि सहयोग वापत एक लाख ४७ हजार ४ सय ९४ रुपैंया समितिले काठमाडौंस्थित सञ्चालित सिभिल बैंकको खातामा जम्मा गरेको छ । सो चलचित्र हेर्न आउने दर्शकहरुबाट संकलन भएको जापानी येन १०३००० , संयोजक गुरुङले २८६६६ र तमु धीं जापानले ३०,००० गरी कुल जापानी येन १६३१३१ संकलन भएको थियो । यसरी संकलन गरीएको उक्त रकम तमूधीं जापानका अध्यक्ष भिम गुरुङले संयोजक शर्मिला गुरुङलाई सोही कार्यक्रममा हस्तान्तरण गरेको थियो ।सहयोग अभियानमा सहयोग गर्नुहुने सबैलाई संयोजक शर्मिला गुरुङले आभार ब्यक्त गरेका थिए ।
पत्रकार गुरुङको स्वास्थ्योपचारका लागि सहयोगका लागि पहल र सहयोग गर्ने तमुधिं जापानका अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र संयोजन गरी भूमिका निर्वाह गर्ने शर्मिला गुरुङलाई वरिष्ठ पत्रकार चुनबहादुर गुरुङ स्वास्थ्योपचार सहयोग समितिले समितिले धन्यवाद ज्ञापन गरेको छ ।
प्रकाशित मिति: 2014-06-04 19:57:28
प्रतिक्रिया: