रकमान्तर प्रणालीको दुरुपयोग कांग्रेसले अरुबाट सिकेको आस्चर्य जनक:भट्टराइ
Admin
नेपाल ब्युरो–जेठ २२, काठमाडोँ ।
एकिकत माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराइले रकमान्तर प्रणालीको दुरुपयोग कांग्रेसले अरुबाट सिकेको भन्नु आस्चर्यजनक भएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा सक्रिय रहनुभएका भटटराइले ट्वीट गर्दै रकमान्तर प्रणालीको दुरुपयोग कांग्रेसले अरुबाट सिकेको भन्नु धुमपानको कुलत बाजेले नातिबाट सिकेको भनेर पन्छिनु जस्तै भएको टिप्पणी गर्नुभएको छ । साथै उहाँले यस्ता कुलत सबैले छोड्नुपर्ने बताउनुभएको छ ।
कांग्रेस नेताहरुले रकमान्तर प्रणालीको दुरुपयोग कांग्रेसले अरुबाट सिकेको बताएपछि भट्टराइले यस्तो जवाफ दिनुभएको हो ।
प्रकाशित मिति: 2014-06-05 03:14:26
प्रतिक्रिया: