पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो
Admin
नेपाल ब्युरो–जेठ २५,काठमाडौ ।
बाजुराको कोल्टीमा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
पहिरोले स्थानीय करविर कडाराको घर बगाउँदा ५८ वर्षका गोरे बुढा कोल्टी गाविस ८ का ४० वर्षका कर बुढा र उनका छोरा ५ बर्षका दिनेस बुढाको मृत्यु भएको हो । घरमै च्यापिएकी विमला बुढा, साधन बुढाको जीवितै उद्दार गरिएको छ ।
अविरल वर्षासँगै राति आएको बाढीपहिरोले सो क्षेत्रका दर्जनौ घरमा क्षति पुर्याएको छ ।
दुर्घटनास्थलमा डोजरसहिति नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले उद्दारकार्य जारी राखेका छन् ।
प्रकाशित मिति: 2014-06-08 03:03:40
प्रतिक्रिया: