भारत भन्दा पाकिस्तानसँग आणविक हतियार धेरै रहेको खुलासा
Admin
नेपाल ब्युरो–असार ४, एजेन्सी ।
भारत भन्दा पाकिस्तानसँग आणविक हतियार धेरै रहेको एक अध्ययनले देखाएको छ ।
स्वीडेनको पीस रिसर्च इन्ष्टिच्युटले गरेको अध्ययन अनुसार भारतमा भन्दा पाकिस्तानमा आणविक हतियारको भण्डारण धेरै रहेको पाइएको हो ।
पाकिस्तानसँग एकसयदेखि एकसय २० र भारतसँग ९० देखि एकसय १० वटा आणविक हतियार रहेको इन्ष्टिच्युटको प्रतिवेदनमा उल्लेख रहेको बिबिसीले जनाएको छ । चीनसँग २ सय ५० आणविक हतियार छन् ।
रुस र अमेरिकासँग विश्वमा रहेका आणविक हतियारको ९३ प्रतिशत अर्थात झण्डै आठ हजार आणविक हतियार छन् । सन् २०११ मा रुस र अमेरिका आणविक हतियार कटौती गर्न सहमति भएर घटाएपनि अझै विश्वमा १६ हजार तीन सय थान आणविक हतियार रहेको पीस रिसर्च इन्ष्टिच्युटको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित मिति: 2014-06-18 04:51:29
प्रतिक्रिया: