टोकियो, जापान।
एशियाली च्याम्पियन
जापानले बिश्वकप अन्तर्गत भोली अत्यन्त महत्वपुर्ण खेलमा ग्रीसको सामना गर्दैछ। दोश्रो
चरणमा पुग्ने आशा जिबित राख्नको लागि जापानले यो खेल जित्नै पर्ने हुन्छ।आईभोरीकोस्टसंग
अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा २-१को पिडादायी पराजय ब्यहोरेको जापानी टोली
भोली जित्नै पर्ने दबावमा रहनेछ।
समुह सी मा
आईभोरीकोस्ट र कोलम्बिया सुरुवाती खेल जितेर ३ अंक लिएर अघिल्लो २ स्थानमा छ।ग्रीस
कोलम्बियासंग ३-० गोल अन्तरले पराजित भएको थियो। यो भन्दा ९ बर्ष अगाडी कन्फडेरेसन
कपमा यि दुई टोली आमने सामने हुंदा जापान १-०गोल अन्तरले नतिजा आफ्नो पक्षमा
पारेको थियो।
ईङलिस प्रिमियरको
म्यान्चेस्टर युनाईटेडबाट खेल्ने फरवार्ड सिन्जी खगावा, एसी मिलानबाट खेल्ने
होन्दाले भोली आफ्नो बास्तविक खेल देखाउन सकेमा जापानलाई जित हात पार्न त्यति कठिन
नहोला।