योजनाविना थाइल्याण्डमा सैनिक बिद्रोह भएको खुलासा
Admin
नेपाल ब्युरो–असार १२, काठमाडौँ ।
थाइल्याण्डमा भएको सैनिक बिद्रोह पूर्व योजना विना नै भएको एक बरिष्ठ सैनिकले बताएका छन् ।
त्यहाँका लेफ्टीनेन्ट जनरल चटचलरेमले विपक्षी दलहरुको दाबीलाई पनि अस्वीकार गरेको विविसिले जनाएको छ । सेनाले थाईल्याण्डको सत्ता कब्जा गरेपछि त्यहाँ आन्दोलन गरिरहेको विपक्षी दलले आफुहरुको योजना अनुसार सेनाले सत्ता कब्जामा लिएको अभिव्यक्ति दिएका थिए ।
उनले थाइल्याण्डकी अपदस्थ प्रधानमन्त्री थाकसिन सिनावात्रा अझै राजनीतिमा रहने पनि बताएका छन् । सेनाले समयमै सत्ता आफ्नो हातमा लिएर त्यहाँको ठूलो दुर्घटना टारेको र अब छिट्टै पूर्वबत अवस्थामा फर्काउनका लागि राजनीतिक स्थीरता चाहिने उनले दाबी गरेको विविसिले उल्लेख गरेको छ ।
प्रकाशित मिति: 2014-06-26 04:03:03
प्रतिक्रिया: