सुन २ सयले घट्यो
Admin
नेपाल ब्युरो–असार १८, काठमाडौ ।
स्थानिय बजारमा आज सुनको भाउमा केहि घटेको छ ।
छापावाल सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि आज २ सय रुपैयाँले नै घटेर प्रतितोला ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यावसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
हिजो सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आज चाँदिको भाउ पनि १० रुपैयाँले घटेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति: 2014-07-02 04:54:47
प्रतिक्रिया: