बलात्कार गरेको आरोपमा एक पक्राउ
Admin
नेपाल ब्युरो– असार १९, महोत्तरी ।
बलात्कार गरेर फरार रहेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
महोत्तरीको बर्दिबासमा आफ्नै छिमेकीको छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बर्दिबास गाविस–५ बस्ने महेन्द्र साह सोनारका छोरा ३२ वर्षीय दिनेश पक्राउ परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
२०६८ जेठ ५ गते दिनेशले आफ्नै छिमेकीका एक किशोरीलाई बलात्कार गरी फरार रहेकामा प्रहरीले बर्दिबास बजारबाट उनलाइ पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक अशोक झाले बताउनुभयो ।
पीडित परिवारले घटना भएकै दिन प्रहरीमा दिएको जाहेरीपछि आरोपित फरार रहँदै आएका युवक एक्कासि बर्दिबास बजारमा देखापरेपछि युवकलाइ पक्राउ गरेको निरीक्षक झाले बताउनुभयो ।
आरोपित दिनेशलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत महोत्तरीमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: 2014-07-03 04:52:56
प्रतिक्रिया: