अनुजराजलाई जापान प्रहरीको सम्मान
Admin
टोकियो । जापानमा रेलको लिगमा परेकी एक महिलाको उद्दार गर्ने नेपाली युवा अनुजराजलाई जापान प्रहरीका प्रमुखले सम्मान गरेको छन् ।
आफ्नो जोखिम मोलेर उद्दार गरेकोमा अनुजराजको सहासिक काम प्रति प्रभावित हुँदै मंगलबार जापान प्रहरीका प्रमुख योनेदा सिओसीले अनुजको आफ्नै रेष्टुरेण्टमा प्रमाण-पत्र सहित सम्मान गरेका हुन् ।
गत मे ११ तारिखमा अनुजराजले अत्याधिक मदिरा सेवन गरि रेलको लिगमा खसेकी एक जापानी महिलालाई उच्च जोखिम मोलेर उद्दार गरेका थिए ।
अनुजराजको काम प्रति प्रभावित गर्दै अस अघिनै जापान प्रहरी, जापानी संघसंस्था र जापानस्थित नेपाली संघसंस्थाहरुले सम्मान गरिसकेका छन् ।
प्रकाशित मिति: 2014-07-08 09:12:14
प्रतिक्रिया: