दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँच पुर्याउन सरकारले प्रोत्साहन गर्छ : महत
Admin
नेपाल ब्युरो–असार ३२,काठमाडौँ ।
अर्थमन्त्री डाक्टर रामशरण महतले दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँच पुर्याउन सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जको ३२ औं बार्षिक दिवसको आज राजधानीमा उद्घाटन गर्दे महतले स्वास्थ्यसेवा र चिकित्सकहरु शहरकेन्द्रीत भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
कार्यक्रमा मन्त्री महतले स्वास्थ्य क्षेत्र शहर केन्द्रित हुँदै गएको भन्दै दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन सरकारले प्रोत्साहन गर्ने बताउनुभयो ।
मानव बिकास सुचकांकको स्वास्थ्य क्षेत्रमा पनि नेपालले निकै फड्को मारेको उल्लेख गर्दै यसलाई सकरात्मक रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: 2014-07-16 06:08:06
प्रतिक्रिया: