रुसमाथिको नाकाबन्दीलाई अझ कडा बनाउने
Admin
नेपाल ब्युरो–साउन १, एजेन्सी ।
अमेरिका र युरोपियन युनियन ईयुले रुसमाथिको नाकाबन्दीलाई अझ कडा बनाउने भएका छन् ।
युक्रेनमा संघर्षरत पृथकतावादीलाई आफ्नो समर्थन रहेको जनाउ दिएपछि रुसविरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेको विविसिले जनाएको छ ।
अमेरिकाले रुसको ग्याजम्प्रोक सहित रक्षा कँपनी, उर्जा कम्पनी तथा प्रमुख बैंकहरुलाई लक्षित गरी नाकाबन्दी घोषणा गरेको ओवामा प्रशासन ह्वाईट हाउसले जनाएको छ ।
यस्तै ईयुले पनि रसियाविरुद्धको नाकाबन्दी जुलाईको अन्त्यतिर घोषणा गर्ने बताए पनि हिजो बुधबारबाटै आफूहरुको रसियाका कुनै बैंकसँग लगानीको सम्बन्ध नरहेको उल्लेख गरेको छ ।
प्रकाशित मिति: 2014-07-17 04:50:17
प्रतिक्रिया: