कांग्रेस सम्बद्ध तरुण दल सुनसरीले आन्दोलनको घोषणा
Admin
नेपाल ब्युरो– साउन ३, काठमाडौँ ।
तरुण दल सुनसरीका जिल्ला अध्यक्ष सिजन गुरुङसहितका युवालाई प्रहरीले नियन्त्रणमा लिई झुट्ठा मुद्दामा फसाउने कार्य गरेको भन्दै नेपालि कांग्रेस सुनसरीले तीन दिने आन्दोलनको घोषणा गरेको हो ।
पार्टीका जिल्ला सचिव केदार भण्डारीद्धारा जारी प्रेस विज्ञप्तिअनुसार आज एकदेखि २ बजेसम्म, भोलि र पर्सी एक / एक घण्टा बढाएर सुनसरी जिल्लामा सम्पूर्ण यातायातका साधन बन्दको घोषणा गरिएको छ ।
प्रहरीले युवा नेता गुरुङसहित छ जना युवालाई नियन्त्रणमा लिई अनावश्यक आरोप लगाएर कारबाही चलाइरहेकोले त्यसको विरोधमा बन्द गर्नुपरेको कांगेसले जनाएको छ ।
प्रकाशित मिति: 2014-07-19 04:49:31
प्रतिक्रिया: