कोरियामा नेपालीको मृत्यु
Admin
रोजगारीका लागि कोरिया आएका एक नेपाली कामदारको मृत्यू भएको छ । म्याग्दी हिस्तान ८ का पंकज पुनको फोर्कलिफ्ट दुर्घटनामा परेर बुधबार बिहान १०.३० बजे मृत्यु भएको हो । ईपीएसमार्फत दुई बर्षअघि आएका २५ बर्षीय पुन छल्ला नाम्दो रासायनिक मल उत्पादन गर्ने कम्पनीमा काम गर्थे ।
स्थानीय प्रहरीले घटनाको प्रारम्भिक विवरण सोलस्थित नेपाली दूतावासलाई पठाइसकेको श्रमसहचारी अनिलकुमार गुरुङ्गले बताए । दूतावासले घटनाबारे परराष्ट्र मन्त्रालयमार्फत परिवारलाई जानकारी पठाएको छ । कम्पनीमा अन्य नेपाली कामदार नभएकाले घटना कसरी भएको भन्ने थाहा हुन सकेको छैन ।
हालसम्म अविवाहित रहेका पुनको आमाबुबा र दिदी रहेका छन् । जुलाई १६ मा फेसबुक स्टाटस लेख्दै उनले साहुलाई गर्मीबिदा मागेको तर आफूलाई बांधेर राखेको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: 2014-07-25 04:09:26
प्रतिक्रिया: