नयाँ म्यानपावरले जापानमा प्रशिक्षार्थि कामदार पठाउने पाउने
Admin
काठमाडौं । सरकारले जापान प्रशिक्षार्थि कामदार पठाउन चाहने नयाँ म्यानपावर कम्पनीलाई अनुमति दिने प्रक्रिय शुरु गर्ने भएको छ ।अनुमति पाएका कम्पनीले अाशातित कामदार पठाउन नसकेपछि नयाँ कम्पनीलाई अनुमति दिने प्रक्रिय थाल्न लागिएको हो ।
यसअघि कामदार पठाउने अनुमति नपाएका केही कम्पनीले कामदार जापान पठाउन इच्छुक रहेको बताएपछि नयाँलाई खुला गर्न लागिएको श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले जापान कामदार पठाउनका लागि जिट्को (जापान इन्टरनेसनल ट्रेनिङ को अपरेसन अर्गनाइजेसन) मा सूचीकृत हुन म्यानपावर कम्पनीलाई यही साउन महिनाभरिको समय दिएको छ ।
सुचिकृत हुन चाहने कम्पनीहरुले साउन महिनाभित्रै आवेदन दिनुपर्नेछ । यसअवधिमा प्राप्त आवेदनका आधारमा प्रक्रिया पुगेका कम्पनीलाई कामदार पठाउन अनुमति दिइने सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । आजको अन्नतपूर्णपोष्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति: 2014-08-01 22:55:53
प्रतिक्रिया: