युद्ध विराम एक दिन थप गर्न हमास र प्यालेष्टाईन सहमत
Admin
नेपाल ब्युरो– भदौ ३, एजेन्सी ।गाजामा जारी युद्ध विराम एक दिन थप भएको छ ।
पाँच दिनदेखिको युद्धविराम इजिप्टको मध्यस्थतामा राजधानी कायरोमा इजरायल र प्यालेष्टायनी अधिकारीहरुबीच भएको वार्तामा एक दिन लम्ब्याउन सहमति बनेको हो ।
गएको बुधवारदेखि जारी यद्ध विराम सोमवार राति सकिएलगत्तै फेरि २४ घण्टा संघर्ष रोक्ने निर्णय गरिएको अधिकारीलाई उदृत गर्दै विविसिले जनाएको छ । युद्ध रोकेर स्थायी शान्तिका लागि प्रयास भइरहेको छ ।
८ जुलाईदेखि गाजामा जारी हिंसामा दुई हजार १६ जना प्यालेष्टायनी सर्वसाधारण तथा ६६ सैनिक मारिएका छन् ।
प्रकाशित मिति: 2014-08-19 03:36:42
प्रतिक्रिया: