नेकपा माओवादीसँग आज प्रमुख तीन दलले छलफल गर्ने
Admin
नेपाल ब्युरो–भदौ ११, काठमाडौ ।
प्रमुख तीन दलले आज संविधानसभा बाहिर रहेको नेकपा माओवादीसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालासँग हिजो मात्रै छलफल गरेको दलसँग नेकपा माओवादी बैठक बस्न तयार भएको हो ।
नेकपा माओवादीलाई संविधानसभामा कसरी समेट्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुन लागेको हो । प्रधानमन्त्री निवास बालुबाटारमा बैठक बस्न लागिएको भएपनि समय भने तय भइनसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: 2014-08-27 02:36:12
प्रतिक्रिया: