उपसमितिको बैठक आज पनि बस्दै
Admin
नेपाल ब्युरो- जेठ १४, काठमाण्डौं । सरकारले यसअघि विभिन्न पक्षसँग गरेका सहमति र सम्झौताको अध्ययन अन्तिम चरणमा पुगेको छ ।
संविधान निर्माण प्रक्रियालाई सहज बनाउन नेकपा माओवादी सहित अन्य दल र पक्षसँग भएका सहमतिका विषयमा संविधानसभाको संवैधानिक राजनीतक सम्वाद तथा सहमति सहमति अन्र्तगतको उपसमितिले अध्ययन गरिरहेको छ । सभासद पूर्णबहादुर खड्का नेतृत्वको उपसमितिको बैठक आज पनि बस्दैछ ।
बैठकमा दल विशेषसँग भएका सम्झौताको बारेमा अक्षरस अध्ययन गर्ने काम भइरहेका र उपसमिति प्रतिवेदन तयार गर्ने अन्तिम चरणमा पुगेको समितिका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
आजै संविधान अध्ययन अभिलेख तथा निक्र्यौल समितिको बैठक पनि बस्दैछ । दिउँसो ४ बजे बोलाइएको बैठकमा राज्यपुनर्संचना अन्र्तगतका सहमति र विवादको विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: 2014-05-28 02:54:06
प्रतिक्रिया: