नेपाली महिला भलिबल टोलीले माल्दिभ्ससँग आज मैत्रीपूर्ण खेल खेल्दै
Admin
नेपाल ब्युरो– भदौ १९,काठमाडौ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा आज नेपाली महिला भलिबल टोलीले माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
खेलमा नेपालको रातो टिमले प्रतिस्पर्धा गर्नेछ । माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलको लागि नेपालको रातो र निलो गरी दुई टोली तयार पारीएको छ । रातो टोलीको कप्तानी विनीता बुढाथोकीले गरेकी छिन् भने निलो टोलीको कप्तानी मञ्जु गुरुङले गरेकी छिन् । आज नेपाल रातोसँग खेलेपछि माल्दिभ्सको टोलीले भोली नेपाल निलोसँग तथा आईतवार पुन नेपाल रातोसँग खेल खेल्नेछ ।
नेपाली महिला भलिबल टोलीले अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्न लागेको यो दोस्रो अवसर हो । यसअघि नेपालले २०४४ सालमा थाईल्याण्डसँग मैत्रिपुर्ण खेल खेलेको थियो ।
प्रकाशित मिति: 2014-09-04 04:07:03
प्रतिक्रिया: