‘ह्याप्पी न्यू इयर’ को टिम जोखिममा
Admin / 2014-09-01 08:29:13
नेपाल ब्युरो– भदौ १६, मुम्बई ।
बलिउडका सुपरस्टार अभिनेता साहरुख खानले निमार्ण गरेको चलचित्र ‘ह्याप्पी न्यू इयर’ तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र हो ।
फराहा खानले निर्देशन गरेको चलचित्रमा साहरुख र दिपिका पादुकोणले नायक नायीकाको भुमिका निभाएका छन् ।
तर यतिबेला भने उक्त चलचित्रको टिम केही जोखिममा देखिएका छन् । साहरुखलाई केही समय अघाडी मात्र अन्डरवल्र्डका रवि पुजारीले धम्की दिएपछि उनको घरमा कडा सुरक्षाको व्यवस्था गरिएको थियो ।
भारतिय संचारमाध्यमहरुले जनाएअनुसार अहिले फेरी सोहि फिल्मका अर्का कलाकार बोमन ईरानिलाई पनि अन्डरवल्र्डले धम्की दिएको छ ।
ईरानिलाई धम्की आएपछि उनको घरको सुरक्षा निगरानि पनि बढाइएको छ । । मुम्बई प्रहरीका एक उच्च अधिकारीले धम्कीको पुष्टी गरेका छन् ।
प्रकाशित मिति: 2014-09-01 08:29:13
प्रतिक्रिया: