कोहिनुर’ हेर्दा स्वेता रोइरहिन
Admin / 2014-09-02 05:49:23
नेपाल ब्युरो– भदौ १७, काठमाडौ ।
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठद्धारा निमिर्त चलाचित्र ‘कोहिनुर’ हेर्न पहिलो पटक हलमा पुगेकी श्रीकृष्णपत्नी नायीका स्वेताले आफ्नो आँसु थाम्न सकिनन् ।
सो चलचित्र हेर्न हलमा पुगेकी नायीका फिल्म हेर्दा रोइमात्र राखिन ।
नायीका स्वेता स्वयम तथा स्वर्गीय नायक श्रीकृष्णले अभिनय गरेको चलचित्र ‘कोहिनुर’ गत साउन २६ देखि लगातार प्रदर्शनमा रहेको उक्त चलचित्र अहिले पनि देशका विभिन्न हलहरुमा लागीरहेको छ ।
फिल्म सुरु हुन नपाउँदै उनको आँखाबाट आँसु बग्न थालेका थिए ।
साथै सो चलचित्र हेर्न भनेर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, सञ्चारमन्त्री मिनेन्द्र रिजाल तथा धेरै कलाकारहरु हलमा पुगेका थिए ।
प्रकाशित मिति: 2014-09-02 05:49:23
प्रतिक्रिया: