ग्यास उद्योगीद्धारा ग्यासमा कृत्रिम अभाव सिर्जना
Admin / 2014-09-03 03:47:06
नेपाल ब्युरो– भदौ १८, काठमाडौ ।
ग्यास उद्योगीले चाडपर्व नजिकिदै गर्दा आयल निगमले ग्यासमा दिएको कोटा नै आपूर्ति गर्न नसकिरहेका बेला बढाउनुपर्ने माग राख्दै कृत्रिम अभाव सिर्जना गरेका छन् ।
बजारको मागअनुसार आपूर्ती गर्न गाह्रो भएको भन्दै एलपी ग्यास संघले कोटा बढाउन माग गरेको हो ।
संघले आफुहरुको मागको सुनुवाई नभएको भन्दै एलपी ग्यासको आपुर्ती बन्द गर्ने चेतावनि दिएको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी संघले अन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।
चाडपर्व नजिकिदै गर्दा ग्यास उद्योगीले ग्यासको कृत्रिम अभाव सिर्जना गरेपछि अहिले बजारमा ग्यासको अभाव देखिन थालेको छ ।
नेपाल आयल निमगले ग्यास उद्योगीले हाल निर्धारण गरिएको पूरै कोटा समेत आपूर्ती गर्न नसकेको बताउदै आन्दोलन गर्नु ठीक नभएको बताएको छ ।
प्रकाशित मिति: 2014-09-03 03:47:06
प्रतिक्रिया: