टोकियो,जापान ।
एमओवादीका नेता डा.बाबुराम भट्टराई पक्षले प्रवासी संगठन नेपाली
जनप्रगतिशील मोर्चा जापानमा पनि समानान्तर कमिटि घोषणा भएको भनि विभिन्न सञ्चारमाध्यममा
आएका समाचारको नेपाली जनप्रगतिशील मोर्चा, जापानका अध्यक्ष अरुण कुमार
श्रेष्ठले खण्डन गरेका छन ।
बिहीबार एक विज्ञप्ती जारी गर्दे श्रेष्ठले अग्रगामी, जनमुखी, लोकतान्त्रिक र एकताको प्रतीकको रुपमा सदैब अग्रपथमा रहनु पर्ने सोचका साथ अगाडि बढिरहेको भन्दै समानान्तर कमिटि गठन भएको समाचारको खण्डन गरेका हुन् ।
यसअघि भट्टराई पक्षले प्रकाश न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय जनप्रगतिशील मोर्चा गठन गरेको सञ्चारमाध्यममा आएको थिय । भट्टराई पक्षको समानान्तर भनि दाबि गरिए कमिटिको उपाध्यक्षमा संगम पोखरेल, महासचिवमा दामोदर न्यौपाने, सचिवमा प्रकाश अधिकारी र कोषाध्यक्षमा मनोज जोशी रहेका छन ।बांकी सदस्य भने छनौट गर्न बांकी रहेको जनाएको छ।
विज्ञप्तीमा अध्यक्ष श्रेष्ठले सञ्चारमाध्यमले झुटो समाचार संप्रेषण गरेको भन्दै बिना तथ्यमा वाइयात, बेफजुल र झुटो हल्लालाई भ्रममा फैलाउने कार्य गरेको आरोप समेत लगाए ।
तर भट्टराई पक्षीय नेता न्यौपानेले भने अब राजनीतिक क्रान्तिले नेपाली जनताको समस्या समाधान नहुने भन्दै समानान्तर कमिटि गठन गरेको बताएका छन ।