कन्सर्टमा प्रतिबन्ध लागेपछि माइली साइरस तनावमा
Admin / 2014-09-03 08:23:23
नेपाल ब्युरो– भदौ १८, एजेन्सी ।
अमेरिकाकी चर्चित गायिका माइली साइरस अहिले निकै चिन्ताग्रस्त भएकी छन् ।
उनी गायीका मात्र नभई नायीका पनि हुन् । गायीका साइरस परम्परा विरोधी भएको र उनको व्यक्तिगत आचरण अनैतिक भएको भन्दै उनलाई आरोप लगाइएपछि उनी अहिले तनावमा छन् ।
निकै प्रचार प्रसार गरिएको एक कन्सर्टमा समेत साइरसलाई प्रतिबन्द लगाइएको छ जस कारण उनी अहिले धेरै नै तनावमा छन् ।
गायीका साइरसको आउँदो भदौ २८ गतेका लागी डोमिनिकन रिपब्लिकस्थित मोरेलिटी ब्राउन्डमा तय गरिएको कन्सर्टको २७ देखि ३ सय ७० डलर मूल्यका टिकट दुई महिनाअघि नै बीक्री हुन थालेको थियो तर उनको कन्सर्टमाथी स्थानीय सरकारी निकायले प्रतिबन्ध लगाएको छ ।
प्रकाशित मिति: 2014-09-03 08:23:23
प्रतिक्रिया: