एश्वर्या रायको कमव्याक ‘जज्बा बाट हुने
Admin / 2014-09-05 06:35:27
नेपाल ब्युरो– भदौ २०, मुम्बई ।
बलिउडका केहि अभिनेत्रीहरु अहिले चलचित्रमा आफुलाइ फरक खालको भुमिकामा प्रस्तुत गर्न थालेका छन् ।
पछिल्लो समयमा उमेर बित्दै जाँदा बलिउडका अभिनेत्रीहरु भिन्न खाले भुमिकामा चलचित्रमा देखिन थालेका छन् ।
यस्तै बलिउडकी एक चर्चित नायक अभिसेक बच्चनकी पत्नी नायीका एश्वर्या राय वच्चन पनि अब फेरी एक पटक बलिउडमा फर्कदैछिन् ।
उनी सञ्जय गुप्ताको आगामी फिल्म ‘जज्बा’मा फरक खालको भुमिकामा देखिने भएकी छन् । उनी उक्त फिल्ममा विना जोडि एक सशक्त वकिलको भुमिकामा देखिनेछिन् । धेरै जसोले अभिनेत्री एश्वर्याको यस्तो खालको कमव्याकलाई बलिउडमा नयाँ पहिचान स्थापित गर्ने प्रयास भनेका छन ।
उनी पूर्व मिस वल्ड पनि हुन् र उनी सोहि फिल्मबाट पुन एकपटक बलिउडमा फर्किन लागेकी हुन् । फिल्म ‘जज्बा’को सुटिङ आगामी जनवरीदेखि सुरु हुँदै छ ।
उनलाई यसअघि इरफान खानको जोडीको रुपमा देखिने बताइए पनि सो खबर भने गलत भएको बुझिएको छ ।
फिल्ममा जोन अब्रहाम ग्याङस्टरको रोलमा देखिने भएका छन र इरफान खान भने निलम्बित प्रहरीको भूमिकामा देखा पर्ने छन् ।
प्रकाशित मिति: 2014-09-05 06:35:27
प्रतिक्रिया: