दशैँ,तिहारका लागि चामल,चिनी र नुनमा विशेष छुट पाइने
Admin / 2014-09-06 03:09:51
नेपाल ब्युरो– भदौ २१, काठमाडौ ।
सरकारले यसवर्ष पनि दसैं, तिहार र छठसम्मका लागि चामल, चिनी र नूनमा विशेष छुट दिने भएको छ ।
सरकारले चामल, चिनी र नूनमा विशेष छुट दिएर देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएकोे छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ लिमिटेड र खाद्य संस्थान मार्फत सञ्चालित सहुलियत पसलबाट छुट दिने निर्णय गरेको हो । सरकारले सञ्चालनमा ल्याउने ७१ वटा यस्ता पसल देशका विभिन्न स्थानमा सञ्चालित हुनेछन् ।
सहुलियत पसलमा चामल र नून प्रतिकेजी दुई रुपैंयाँ तथा चिनी पाँच रुपैंयाँ प्रतिकेजी छुटमा उपलब्ध हुने मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो । दसैंमा ब्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कृत्रिम अभाव गर्ने प्रवृति रहेकोले त्यसलाई निरुत्साहित गर्न सरकारले वर्षेनि दसैं, तिहार र छठसम्मका लागि सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।
सुवेदीका अनुसार साल्ट ट्रेडिङले काठमाडौ कालिमाटीका दुई स्थानमा, कोेटेश्वर, टेकु, रामशाहपथ, बल्खु तरकारी बजार, सतुंगल, पाटनको विशालबजार र उद्योग वाणिज्य संघ भक्तपुर परिसरमा सहुलियत पसल सञ्चालन गर्नेछ ।
प्रकाशित मिति: 2014-09-06 03:09:51
प्रतिक्रिया: