युक्रेनमा सरकार र रुस समर्थित विद्रोहीबीच संघर्ष रोक्ने सहमति
Admin / 2014-09-06 03:19:39
नेपाल ब्युरो– भदौ २१, एजेन्सी ।
युक्रेनमा सरकार र रुस समर्थित विद्रोहीबीच संघर्ष रोक्ने सहमति भएको छ ।
करिब पाँच महिनाको आन्तरिक संघर्षपछि युक्रेनमा सरकार र रुस समर्थीत विद्रोहीबीच संघर्ष रोक्ने सहमति भएको हो ।
करिब पाँच महिनाको आन्तरिक संघर्षपछि दुबै पक्षले युद्ध रोक्ने सहमतिमा हस्ताक्षर गरेका हुन् । बेलारुसमा भएको बैठकमा दुई पक्षका प्रतिनिधि संघर्ष रोक्न राजी भएका हुन् । यद्यपि, विद्रोहीहरुले तत्काललाई संघर्ष रोक्न तयार भएपनि युक्रेनबाट अलग हुने आफ्नो नीति नबदलिने प्रष्ट गरेका छन् ।
संघर्ष रोक्न भएको सहमतिको रुस र पश्चिमा राष्ट्रहरुले पनि स्वागत गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने अतीतलाई हेर्दा दिगो शान्ति कायम हुनेमा आफूलाई अझै आशंका रहेको जनाएका छन् ।
प्रकाशित मिति: 2014-09-06 03:19:39
प्रतिक्रिया: