शिक्षा क्षेत्रको विकास अनिवार्य छ : राष्ट्रपति यादव
Admin / 2014-09-08 02:29:36
नेपाल ब्युरो– भदौ २३, काठमाडौ ।
राष्ट्रपति डा. रामवरण यादवले शिक्षा क्षेत्रको विकास अनिवार्य भएको बताउनुभएको छ ।
३५औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा बोल्नुहुदै उहाँले शिक्षा नै देशको मेरुदन्ड भएकाले यस क्षेत्रको विकास अनिवार्य भएको बताउनुभएको हो ।
राष्ट्रपति यादवले आफ्नो सीप र क्षमतालाई राष्ट्र निर्माणको क्षेत्रमा लगाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । सक्षम शिक्षक, स्तरीय शिक्षा भन्ने सन्देशका साथ मनाइएको कार्यक्रमका अवसरमा नेपाल विद्याभूषण क, ख, ग तथा नेपाल छात्रा विद्यापदक पनि वितरण गरिएको थियो ।
नेपाल विद्याभूषण पदक ‘क’ श्रेणीका एक सय ७५, ‘ख’ श्रेणीका ६२ र ‘ग’ श्रेणीका २० जनालाई प्रदान गरिएको थियो ।
प्रकाशित मिति: 2014-09-08 02:29:36
प्रतिक्रिया: