जनताका जिवनस्तर उकास्न औद्योगिकरण एकमात्र विकल्प हो : उद्योगमन्त्री थापा
Admin / 2014-09-08 09:04:05
नेपाल ब्युरो– भदौ२३, काठमाडौ ।
उद्योगमन्त्री कर्ण थापाले थापाले मुलुकमा विकासका लागि राजनीतिक क्रान्ती नभई आथिर्क क्रान्तीको खाँचो भएको औल्याउनुभएको छ ।
उहाँले भक्तपुरको रफत सञ्चार क्लवमा आज बोल्नुहँुदै औद्योगिकरणको विकास बिना आर्थिक क्रान्ती असंम्भव भए पनि नेपालको औद्योगिक क्षेत्र धारासाही अवस्थामा रहेको मन्त्री थापाले बताउनुभएको हो ।
उहाँले जनताका जिवनस्तर उकास्नको लागि औद्योगिकरण एकमात्र विकल्प भएको बताउनुभएको छ ।
नेपालका उद्योगधन्दामा बन्द हड्ताल जस्ता कार्यको बन्द गर्न आवश्यक रहेको उहाँले चर्चा गर्दै मजदुरका ज्याला र कामको उचित ब्यवस्था भएकाले बन्द नै समस्या समाधानको विकल्प नभएको उल्लेख गर्नुभयो । नेपालमा नकारात्मक ढंगले बन्दले असर पारिरहेको उहाँको भनाइ छ ।
जनकपुर चुरोट कारखाना सञ्चालन गर्ने, रुघन १० वटा उद्योग सञ्चालन गर्ने तयारी भइरहेको बताउदै उहाँले सबै संवेदनशील र जवाफदेही हुन आवश्यक भएको बताउनुभयो
प्रकाशित मिति: 2014-09-08 09:04:05
प्रतिक्रिया: