दशैंलाई करिव २५ अर्व रुपैंया बराबरका नयाँ नोट वितरण गर्ने
Admin / 2014-09-11 03:19:25
नेपाल ब्युरो– भदौ २६, काठमाडौ ।
दशैंका लागि राष्ट्र बैङ्कले करिव २५ अर्व रुपैंया बराबरका नयाँ नोट वितरण गर्ने भएको छ ।
दशैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गर्दै केन्द«ीय वैङ्कले आइतबारबाट नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैङ्कका काठमाण्डौं, विराटनगर, जनकपूर, वीरगंज, भैरहवा, पोखरा, नेपालगंज र धनगढी शाखाबाट नयाँ नोट प्राप्त गर्न सकिनेछ ।
वाणिज्य बैङ्क, विकास बैङ्क र लघुवित्त कम्पनीले पनि नयाँ नोट बाङ्न पाउनेछन् ।
राष्ट्र बैङ्कले ५,१०, २०, ५० र १ सय रुपैंयाका दरले नोट वितरण गर्न लागेको हो ।
एक व्यक्तिले ५, १० र २० का २ २ बण्डल तथा ५० र सयका १–१ बण्डल नयाँ नोट लिन सक्नेछन् । प्रतिव्यक्ति अधिकतम २२ हजार रुपैंयासम्मका नोट साट्न सकिने राष्ट्र बैंङ्कले जनाएको छ ।
प्रकाशित मिति: 2014-09-11 03:19:25
प्रतिक्रिया: