‘सम्बोधन’ माघ १६ मा आउने
Admin / 2014-09-11 08:48:20
नेपाल ब्युरो– भदौ २६, काठमाडौ ।
चलचित्र कोइनुरले आक्रमण व्यापार गरेपछि आफ्नो चलचित्र प्रदर्शनको मिती पछि सारेको चलचित्र ‘सम्बोधन’ माघ १६ गतेबाट आउने भएको छ ।
उक्त चलचित्रको निर्माण पक्षले नयाँ मिति तय गरेको हो ।
सरोज न्यौपानको निर्माणमा तयार भएको चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् ।
चलचित्रमा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्ट लगायतका कलाकारको अभिनय रहेका सो चलचित्रमा नायीका नम्रता एक क्राइम रिपोर्टरको भूमिकामा देखिएकी छिन् ।
नायिका नम्रता श्रेष्ठका लागि चलचित्र ‘ताण्डव’ असफल भएपछि ‘सम्बोधन’ले भने सफलता पाउन सक्छ ।
प्रकाशित मिति: 2014-09-11 08:48:20
प्रतिक्रिया: