बिकिनी छोटो लगाएपछि प्रतियोगीताबाटै आउट
Admin / 2014-09-13 04:14:49
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ ।
मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
मिस कोलम्बियाकी प्रबल दावेदारका रुपमा प्रस्तुत भएकी बुइलिसले प्रतियोगितामा सहभागी हुने क्रममा खिचाएको बिकिनी फोटोसूटमा आयोजक समितिले तोककोेभन्दा कम साइजको बिकिनी लगाएको आरोप छ ।
मिस एन्टिक्वाको उपाधिसमेत जितेकी पाओला मिस अमेरिकाकै दावेदार हुन सक्ने बताइँदै आएको थियो ।
यस्तै पत्रकारिताकी छात्रा पाओलाले भने आफूले आयोजक समितिले तोकेको मापदण्डकै बिकिनी लगाएको दावी गरेकी छन् ।
प्रकाशित मिति: 2014-09-13 04:14:49
प्रतिक्रिया: