सुपथ मूल्य पसल सञ्चालनमा ल्याईदै
Admin / 2014-09-13 08:33:21
नेपाल ब्युरो– भदौ २८, काठमाडौ ।
सरकारले काठमाडौ उपत्यका लगायत देशका विभिन्न ७१ स्थानमा आगामी असोज १ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ ।
दशै तिहार छठ लगायतका महत्वपूर्ण चाडहरुलाई लक्षित गरी सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँने भएको हो ।
चाडबाडका बेला ब्यापारीले गर्ने कृतिम मूल्यबृद्धिका कारण पीडित हुने गरेका आम उपभोक्ताले त्यस्ता सुपथ मूल्य पसलबाट राहतको आशा गरेका छन् । खाद्य संस्थान, नेशनल ट्रेडिङग, साल्ट ट्रेडिङग र दुग्ध विकास संस्थानले नियमित मूल्यमा छुट दिएर खाद्य सामग्री उपलव्ध गराउने र उपभोक्ता ठगिन नदिने प्रतिवद्धता जनाएका छन् ।
सरकार नियन्त्रित ती ४ संस्थाले झण्डै डेढ महिना सञ्चालन गर्ने सुपथ मूल्य पसलमा चामल, दाल, घिउ, तेल, चिनी, नून लगायतका खाद्य सामग्री छुट दिएर विक्रि गर्दैछन् । काठमाण्डौ उपत्यकामा रामशाहपथ, टेकु, कोटेश्वर, कालिमाटी, थापाथली, लगनखेल, सूर्य विनायक र सतुंगल गरी ८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइदैछन् ।
प्रकाशित मिति: 2014-09-13 08:33:21
प्रतिक्रिया: