वरिष्ठ अभिनेता सुनिल थापा अस्पताल भर्ना
Admin / 2014-09-18 05:56:54
नेपाल ब्युरो– असोज २, काठमाडौ ।
नेपाली चलचित्र क्षेत्रका चर्चित वरिष्ठ अभिनेता सुनिल थापा अस्पताल भर्ना भएका छन् ।
उनलाई राते काइँला भनेर पनि चिनिन्छ । रुगा, खोकी र ज्वरो आएपछि थापा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा भर्ना भएका हुन् ।
उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जनाएको छ । पछिल्लो समयमा उनले हिन्दी चलचित्र केरी कोममा काम गरेपछि उनले निकै चर्चा पाइरहेका छन् भने उनको प्रसंसा गर्नेहरु पनि निकै बढेका छन् ।
थापालाई चलचित्र मेरी कोमको प्रिमियरमा सहभागि भएर गत साता काठमाडौं फर्किएदेखि अस्वस्थ महसुस भएपछि लगत्तै ज्वरो आएको थियो ।
चर्चित चलचित्र चिनो लगायत थुप्रै नेपाली चलचित्रमा थापाले अभिनय गरेका छन् ।
प्रकाशित मिति: 2014-09-18 05:56:54
प्रतिक्रिया: