१७ औँ एसियाड खेलकूद आजदेखि इन्चोनमा सुरु
Admin / 2014-09-19 03:09:12
नेपाल ब्युरो– असोज ३,एजेन्सी ।
१७ औँ एसियाड खेलकूद प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
एसियाली मुलुकहरुको सबैभन्दा ठूलो खेलमेला १७ औँ एसियाड खेलकूद प्रतियोगिता आजबाट दक्षीण कोरियाको इन्चोनमा सुरु हुने भएको हो ।
प्रतियोगिताको उद्घाटन इन्चोन एसियाड स्टेडियममा गर्ने तयारी भएको छ । उक्त खेल कुम्भ मेलाआज हुने भए पनि फुटबलका खेल भने भदौ २९ गतेदेखि नै सुरु भइसकेका छन् ।
एसियाडका ४५ राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने जम्मा ९ हजार चार सय उनान्तीस जना खेलाडीले चार सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । खेलका लागि उनान्पचासवटा खेल मैदान तयारी गरिएको छ ।
यसैबीच २५ खेलमा सहभागिता जनाउने नेपालबाट दुई सय चार जना खेलाडी सहभागी हुनेछन् ।
प्रकाशित मिति: 2014-09-19 03:09:12
प्रतिक्रिया: