सार्कको गृहमन्त्रीस्तरीय बैठक काठमाडौमा सुरु
Admin / 2014-09-19 03:22:08
नेपाल ब्युरो–असोज ३, काठमाडौ ।
सार्कको गृहमन्त्रीस्तरीय बैठक काठमाडौमा सुरु भएको छ ।
दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कको उक्त बैठकमा पाकिस्तानबाहेक सार्कका अन्य सदस्य मुलुकका गृहमन्त्रीहरु सहभागी भएका छन् ।
यसअघि बैठकको तयारीका लागि हिजो सार्क मुलुकका गृहसचिवहरुको र अस्ति बुधवार अध्यागमन अधिकारीहरुको बैठक बसेको थियो ।
गृहमन्त्रीस्तरीय बैठकले यसअघिका सार्क शिखर सम्मेलनहरुमा ब्यक्त प्रतिवद्धताका बिषयलाई प्राथमिकतामा राख्दै दक्षिण एशियामा आतंकवाद, लागू औषध कारोवार, मानव बेचविखन र ओसारपसार, भ्रष्टाचार र साइबर अपराध नियन्त्रण लगायत बिषयमा साझा धारणा निर्माण गर्ने बताइएको छ ।
प्रकाशित मिति: 2014-09-19 03:22:08
प्रतिक्रिया: