इबोला फैलिन नदिन लाइबेरियामा कफ्र्यु
Admin / 2014-08-20 06:32:04
नेपाल ब्युरो– भदौ ४, एजेन्सी ।
महामारीको रुपमा फैलिएको प्राणघातक रोग इबोला भाइरस फैलिन नदिनको लागी लाइवेरियाले कफ्र्यु लगाइएको छ ।
कफ्र्यु लाइवेरियाको राजधानी मोनोरोभियामा लगाइएको हो ।
त्यहाँको वेस्ट प्वाइन्ट झुग्गी वस्तीमा पुरै रात कफ्र्यु जारी रहने राष्ट्रपति एलन जनसन सरलीफलाई उदृत गर्दै विविसिले उल्लेख गरेको छ । इबोला संक्रमणबाट पश्चिम अफ्रिकामा हालसम्म १२ सय २९ जनाको मृत्यु भइसकेको छ ।
गिनीबाट सुरु भएको यो भाइरस लाइबेरिया, सियरा लियोन र नाइजेरियासम्म पुगिसकेको छ । इबोला भाइरसबाट पीडित व्यक्तिमा फ्लु जस्तो लक्षण देखिने गर्दछ । जसका कारण आँखा र नशाबाट रगत बग्न थाल्छ र आन्तरिक रक्तश्राव पनि हुन सक्दछ ।
त्यसलगत्तै शरीरको अंगहरुले काम गर्न छाड्ने चिकित्सकहरुले बताएका छन् । यसबाट बच्न अहिलेसम्म कुनै औषधि बनिसकेको छैन ।
प्रकाशित मिति: 2014-08-20 06:32:04
प्रतिक्रिया: