बारबारा मोरीले सुटुक्क विवाह गरिन्
Admin / 2014-08-21 05:09:39
नेपाल ब्युरो– भदौ ५, मुम्बई ।
बलिउडका नायक ऋतिक रोशनसँग सँगै फिल्म खेलेकी नायीका बारबारा मोरीले कसैले थाहा नपाउने गरी गोप्य रुपमा विवाह गरेकी छिन् ।
नायीका मोरीले हिन्दी फिल्म ‘काईट्स’ मा नायक ऋतिक रोशनसँगै मुख्य भुमिकामा अभिनय गरेकी थिइन् ।
उनले हलिउडका नायक जोन माइकल अकरसँग गोप्य रुपमा विवाह गरेको मेक्सिकन मिडियालाई उदृत गर्दै भारतीय समाचार संस्थाले उल्लेख गरेका छन् ।
उनको विवाह १६ अगस्तमा भएको भए पनि कुन ठाउँमा भएको हो त्यो भन्नबारेमा केहि पनि खुलाइएको भने छैन । विवाहमा नायीका बारबरा र हलिउड नायक जोनका केही आफन्त र उनिहरुको साथीहरु मात्रै देखिएको कुरा खुलाइएको छ ।
प्रकाशित मिति: 2014-08-21 05:09:39
प्रतिक्रिया: